गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

दमौली, तनहुँ

केशवटारमा जीवनशैली परिवर्तन र योग कार्यक्रम



तनहुँ/ जिल्लाको व्यास नगरपालिका–१४ हर्कपुरमा आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आयोजना गरेको स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन र योग कार्यक्रममा सहभागि भएपछि सर्वसाधारणले खुसी व्यक्त गरेका हुन ।

व्यास नगरपालिका वडा नं. १४ वडा कार्यालय र केशवटार आयुर्वेद औषधालयको स्थानीय संयोजनमा सञ्चालित दुई दिने कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती थियो । शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको कार्यक्रममा पहिलो दिनको तुलनामा दोस्रो दिन सर्वसाधारणको सहभागिता बढेको थियो ।

कार्यक्रममा पहिलो दिन स्वास्थ्य जीवनशैलीको बिषयमा जानकारी गराईएको थियो भने दोस्रो दिन जीवनशैली मापन, रक्तचाप परीक्षण र रगतमा चिनीको मात्रा जाँच गरिएको थियो । कार्यक्रमले सहभागीमा आयुर्वेद सम्बन्धी जनचेतना वृद्धि भएको, नसर्ने रोग र जीवनशैलीबारे जानकारी भएको, योग, ध्यान र ब्यायामको अन्तर र जीवनमा यसको महत्वको बिषयमा जानकारी भएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक डा.नारायण श्रेष्ठले बताए ।

स्थानीय जडिबुटी र भान्साका जडिबुटीको परिचय तथा तीनको प्रयोगका बिषयमा पनि जानकारी गराईएको थियो । कार्यक्रममा डा. नारायण श्रेष्ठ,बरिष्ठ कविराज निरिक्षक श्री शम्भु चापागाई,वैद्य निरिक्षक श्री विवेक पौडेल,वैद्य निरिक्षक श्री भोजहरि रानाभाट, वैद्य निरिक्षक श्री सोम कान्त पौडेल , ल्याव टेक्नीसियन सुकु रामदाम लगायतले सहजीकरण गरेका थिए ।

  

Download: केशवटारमा जीवनशैली परिवर्तन र योग कार्यक्रम